ADVERTISEMENT

पृथ्वी राजमार्गको मुग्लिन–मलेखु सडक ९ घण्टापछि खुल्यो

काठमाडौं । सुक्खा पहिरो खसेर अवरुद्ध पृथ्वी राजमार्गको मुग्लिन–मलेखु सडकखण्ड नौ घण्टापछि सञ्चालनमा आएको छ।

चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा सुक्खा पहिरो खसेपछि अवरुद्ध सडकखण्ड सवा दुई बजेदेखि दुईतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलले जानकारी दिए।

पहिरोका कारण बिहानैदेखि रोकिएका सवारीसाधन सडक खुलेसँगै गन्तव्यतर्फ लागेका छन्।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार