ADVERTISEMENT

डलरको मूल्य १५० रुपैयाँ ५६ पैसा पुग्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ ९६ पैसा र बिक्रीदर १५० रुपैयाँ ५६ पैसा कायम भएको छ।

 

त्यस्तै, युरोको बिक्रीदर १६७ रुपैयाँ ७८ पैसा, पाउन्ड स्टर्लिङको २०१ रुपैयाँ ०१ पैसा र स्वीस फ्र्याङ्कको १८३ रुपैयाँ ४९ पैसा निर्धारण गरिएको छ।

 

अष्ट्रेलियन डलरको बिक्रीदर १०३ रुपैयाँ ३७ पैसा, क्यानेडियन डलरको १०६ रुपैयाँ ५६ पैसा र सिङ्गापुर डलरको ११७ रुपैयाँ ३६ पैसा रहेको छ।

 

त्यसैगरी, साउदी रियालको बिक्रीदर ४० रुपैयाँ ११ पैसा, कतारी रियालको ४१ रुपैयाँ ३२ पैसा र युएई दिरामको ४० रुपैयाँ ९९ पैसा तोकिएको छ। भारतीय १०० रुपैयाँको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा कायम गरिएको छ।

 

राष्ट्र बैंकले आवश्यकताअनुसार विनिमयदर जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकहरूले तोक्ने विनिमयदर भने फरक हुन सक्नेछन्।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार