ADVERTISEMENT

पटाका पड्काउँदा जलेर पाँच वर्षीय बालकको मृत्यु

काठमाडौ । पर्सामा पटाका पड्काउने क्रममा जलेर पाँच वर्षीय बालकको मृत्यु भएको छ।

पकाहाँ मैनपुर गाउँपालिका–२, मधुबनीका मखु सहनीका पाँच वर्षीय छोराको सोमबार बिहान करिब ८ः३० बजे पटाका पड्काउने क्रममा छातीमा आगो लागेर गम्भीर घाइते भएका थिए।

उपचारका लागि वीरगञ्जस्थित तराई अस्पताल लगिएका बालकको उपचारकै क्रममा मृत्यु भएको उनका बुबा मखु सहनीले बताएका छन्।

डिएसपी चक्रबहादुर मल्लका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार