काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ।
राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ ९९ पैसा र बिक्रीदर १५० रुपैयाँ ५९ पैसा कायम भएको छ।
त्यस्तै, युरोको खरिददर १६७ रुपैयाँ ८९ पैसा र बिक्रीदर १६८ रुपैयाँ ५६ पैसा रहेको छ। बेलायती पाउन्डको खरिददर २०१ रुपैयाँ २६ पैसा र बिक्रीदर २०२ रुपैयाँ ७ पैसा तोकिएको छ।
यसैगरी, अस्ट्रेलियन डलरको खरिददर १०३ रुपैयाँ ५७ पैसा, क्यानेडियन डलरको १०६ रुपैयाँ ५३ पैसा, साउदी रियालको ३९ रुपैयाँ ९६ पैसा र कतारी रियालको ४१ रुपैयाँ १५ पैसा कायम भएको राष्ट्र बैंकले जनाएको छ।
यी मुद्राको बिक्रीदर क्रमशः १०३ रुपैयाँ ९८ पैसा, १०६ रुपैयाँ ९५ पैसा, ४० रुपैयाँ १२ पैसा र ४१ रुपैयाँ ३१ पैसा रहेको छ।
सम्बन्धित खबर




प्रतिक्रिया