ADVERTISEMENT

दाजुभाइ–दिदीबहिनीको प्रेम र सद्भावको पर्व भाइटीका आज

काठमाडौं । यमपञ्चक अर्थात् तिहारको अन्तिम दिन आज देशभर परम्परागत विधिअनुसार भाइटीका पर्व मनाइँदैछ। कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने यस पर्वमा दिदीबहिनीले दाजुभाइको दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामना गर्दै टीका लगाइदिने गर्छन्।

 

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आज भाइटीका लगाउन बिहान ११ बजेर ७ मिनेटको समय उत्तम साइत रहेको छ। यद्यपि दिनभर टीका लगाउन सकिने समितिले जनाएको छ।

 

भाइटीकाका अवसरमा दिदीबहिनीले दाजुभाइलाई पञ्चरङ्गी वा सप्तरङ्गी टीका, मखमली, सयपत्री र गोदावरीका माला लगाइदिने तथा विभिन्न परिकार खुवाउने परम्परा छ। टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई उपहार तथा दक्षिणा दिने गर्छन्।

 

भाइटीकालाई दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम, सद्भाव र आत्मीयता प्रकट गर्ने विशेष पर्वका रूपमा लिइन्छ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार