ADVERTISEMENT

पोखरामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १२ जना घाइते

काठमाडौं । कास्कीको पोखरा महानगरपालिका–२३ दुण्डेफाँटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्।

 

घाँटीछिनाबाट पोखरातर्फ आउँदै गरेको ग ४ च १३४४ नम्बरको जिप गए राति पौने १० बजे अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ।

 

दुर्घटनामा घाइते भएका सबैलाई उद्धार गरी उपचारका लागि जीएमसी अस्पताल लगिएको थियो। उपचारका क्रममा पर्वत घर भई हाल पोखरा–२४ पामे बस्ने २३ वर्षीय मिलन गुरुङको आज बिहान पौने ३ बजे मृत्यु भएको कास्की प्रहरीले जनाएको छ।

 

दुर्घटनामा ११ देखि २० वर्ष उमेर समूहका १२ जना घाइते भएका छन्। उनीहरूको जीएमसी अस्पतालमा उपचार भइरहेको छ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार