काठमाडौ । गुल्मीको कालीगण्डकी करिडोर सडक सुक्खा पहिरो खसेपछि पूर्ण रूपमा अवरुद्ध भएको छ।
कालीगण्डकी गाउँपालिका–२ राक्सेमा चट्टानसहितको पहिरो खस्दा गएरातिदेखि सडक अवरुद्ध भएको हो।
जिल्ला प्रहरी कार्यालयका अनुसार प्रहरी चौकी पूर्तिघाटबाट प्रहरी सहायक निरीक्षक बाबुराम श्रेष्ठको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा खटिएको छ।
स्थानीय कालीगण्डकी गाउँपालिका र प्रहरीको समन्वयमा सडकमा थुप्रिएको पहिरो हटाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विरेन्द्रवीर विश्वकर्माले जानकारी दिए।
तिहारको समयमा सडक अवरुद्ध हुँदा गुल्मीबाट पाल्पा, बुटवल, बागलुङ, पर्वत, म्याग्दी तथा पोखरातर्फ जाने सवारीसाधन र यात्रुहरू बीच बाटोमै अलपत्र परेका छन्।
कालीगण्डकी करिडोर सञ्चालनमा आएपछि सवारी चाप बढ्दै गएको यस सडकखण्डमा पहिरोका कारण आवागमन प्रभावित भएको छ।




प्रतिक्रिया