काठमाडौ । पृथ्वी राजमार्गअन्तर्गत चितवनको घोप्टेभिरमा खसेको पहिरो पन्छाएपछि सडक एकतर्फी सञ्चालनमा आएको छ ।
इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा आइतबारदेखि लगातार तीन दिनसम्म खसेको सुक्खा पहिरो हटाएपछि मङ्गलबार दिउँसो १ः४० बजेदेखि यातायात एकतर्फी सञ्चालन गरिएको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार पहिरो ठूलो हुनु, मजदुर बिदामा जानु र चाडपर्वका कारण सवारी चाप बढ्नुले दुईतर्फी यातायात सञ्चालन गर्न कठिन भएको छ ।
सडकमा अझै पहिरोको जोखिम रहेकाले मौसम र सडकको अवस्था अनुकूल भएपछि मात्र दुईतर्फी यातायात सञ्चालन गरिने प्रहरीले जनाएको छ । प्रहरीले यात्रुलाई सावधानी अपनाएर यात्रा गर्न आग्रह गरेको छ ।
सम्बन्धित खबर




प्रतिक्रिया