काठमाडौँ । तिहारपछिको पहिलो कारोबार दिन शुक्रबार सेयर बजारमा सामान्य गिरावट आएको छ । नेप्से परिसूचक ६.४८ अङ्कले घटेर २ हजार ६४८.७४ विन्दुमा झरेको हो ।
आज १६० कम्पनीको सेयर मूल्य घट्दा १०९ कम्पनीको मूल्य बढेको छ भने १० कम्पनीको मूल्य स्थिर रहेको छ ।
दिनभर ३३५ स्क्रिप्टका ७८ लाख ४३ हजार ५८८ कित्ता सेयर ३१ हजार ३०४ पटक किनबेच भएका छन् ।
यसबाट कुल ३ अर्ब ५ करोड रुपैयाँको कारोबार भएको छ ।
आज स्वेतगंगा हाइड्रोपावरको सेयर मूल्य ७.५६ प्रतिशतले बढेर सर्वाधिक वृद्धि भएको छ भने क्रेष्ट माइक्रो लाइफको मूल्य ९.५६ प्रतिशतले घटेर सर्वाधिक गिरावट आएको छ ।
कारोबार रकमका आधारमा घोराही सिमेन्ट अग्रस्थानमा रह्यो । कम्पनीको ४० करोड ७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
समूहगत परिसूचकमा विकास बैंक, होटल, जलविद्युत् र निर्जीवन बिमा समूह बढेका छन् भने अन्य समूहमा सर्वाधिक ०.९४ प्रतिशतको गिरावट आएको छ ।




प्रतिक्रिया