एमाले बैठक : ओलीको प्रतिवेदनमाथि आज बाँकी सदस्यले धारणा राख्दै


काठमाडौँ । नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठकको तेस्रो दिन आज पनि केन्द्रीय सदस्यहरूले अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि धारणा राखिरहेका छन्।

पार्टीको प्रचार तथा प्रकाशन विभागका प्रमुख निरज आचार्यका अनुसार मंगलबारसम्म १ सय १८ जना केन्द्रीय सदस्यले प्रतिवेदनमाथि आफ्नो धारणा राखिसकेका छन्। आज बाँकी सदस्यहरूले तीन मिनेटको समयभित्र धारणा राख्नेछन्।

बैठकमा नौ वटा एजेन्डामा केन्द्रित भएर छलफल भइरहेको छ। सबै सदस्यले धारणा राखिसकेपछि बिहीबार सचिवालय बैठक बस्ने तयारी छ। सचिवालयले गर्ने निर्णय अनुमोदनका लागि पुनः केन्द्रीय समितिमा प्रस्तुत गरिने आचार्यले बताए।

जारी बैठकमा केन्द्रीय सदस्य मनोनयनका साथै पोलिटब्युरो र स्थायी कमिटी गठनलगायतका विषय पनि एजेन्डामा छन्।

प्रतिक्रिया

ट्रेन्डिङ समाचार