काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेकाले आज अधिकांश भूभागमा बदलीसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिमका हिमाली–पहाडी क्षेत्रमा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। कोशी र बागमतीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको छ।
आज राति कोशी प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुनसक्ने महाशाखाले जनाएको छ। भारी वर्षाका कारण बाढी, पहिरो, गेग्रान बहाव तथा भू–क्षयको जोखिम रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।
सम्बन्धित खबर

प्रतिक्रिया