रुसको संसदीय चुनावमा पुटिनको युनाइटेड रसियालाई भारी बहुमत


काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको सत्तारूढ दल युनाइटेड रसियाले संसदीय चुनावमा भारी बहुमत हासिल गरेको छ। आधिकारिक नतिजाअनुसार पार्टीले ५८ प्रतिशतभन्दा बढी मत पाउँदै स्टेट डुमाको करिब तीन–चौथाइ सिट जित्ने भएको छ।

युद्ध सुरु भएपछि भएको पहिलो संसदीय चुनावमा करिब ६० प्रतिशत मतदान भएको बताइएको छ। कम्युनिस्ट पार्टीले १३.८ प्रतिशत मतसहित ४० सिट, एलडीपीआरले २५ र न्यु पिपुल्सले २० सिट जितेका छन्।

युद्धविरोधी याब्लोको पार्टी राष्ट्रिय स्तरमा कुनै सिट जित्न असफल भए पनि नोभगोरोड क्षेत्रीय संसद्मा प्रवेश गरेको छ। अन्तर्राष्ट्रिय पर्यवेक्षकलाई निमन्त्रणा नदिएको तथा विपक्षी दलमाथि प्रतिबन्ध र दबाब दिइएको भन्दै पश्चिमी देशहरूले चुनावको निष्पक्षतामाथि प्रश्न उठाएका छन्। रूसले भने पश्चिमी आलोचनालाई अस्वीकार गर्दै आएको छ।

प्रतिक्रिया

ट्रेन्डिङ समाचार