ओली : नेपाललाई गलत बाटोतर्फ धकेल्ने प्रयास भयो


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाललाई गलत बाटोतर्फ धकेल्न विभिन्न शक्तिहरू सक्रिय रहेको आरोप लगाएका छन्।

संविधान दिवसका अवसरमा ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रममा ओलीले लोकतान्त्रिक प्रणाली कमजोर पार्ने उद्देश्यले विभिन्न गतिविधि भएको दाबी गरे।

उनले गत फागुन २१ गतेको निर्वाचनअघि मौन अवधिमा बीबीसीले गलत सूचना सम्प्रेषण गरी मतदातालाई भ्रमित पार्न खोजेको आरोप लगाए। साथै, गत भदौ २३–२४ गते भएको आन्दोलनलाई लोकतान्त्रिक विधि र संवैधानिक प्रक्रियाविरुद्धको षडयन्त्रपूर्ण गतिविधिको संज्ञा दिँदै त्यसमा संलग्नहरूबारे तथ्यहरू सार्वजनिक हुँदै गएको बताए।

ओलीले संविधानको रक्षा र कार्यान्वयनका क्रममा आफूहरूले निरन्तर ठूला चुनौतीको सामना गर्दै आएको पनि उल्लेख गरे।

प्रतिक्रिया

ट्रेन्डिङ समाचार