संविधानको अक्षर र भावनाप्रति सरकार प्रतिबद्ध : बालेन


काठमाडौं । प्रधानमन्त्री बालेन शाहले वर्तमान संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्णरुपमा प्रतिबद्ध रहेको बताएका छन् ।

संविधान दिवसका अवसरमा आयोजित मूल समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले संविधान कार्यान्वयन गर्ने जिम्मेवारीमा इमानदार र सक्रिय हात आवश्यक रहेको बताए । संविधान राम्रो भए पनि त्यसलाई कार्यान्वयन गर्ने पक्ष इमानदार नभए कागजमा मात्रै सीमित हुने उनको भनाइ थियो ।

प्रधानमन्त्री शाहले सुशासन कायम गर्न र भ्रष्टाचार नियन्त्रण गर्न सरकार सक्रिय रहेको दाबी गरे । भ्रष्टाचार र दण्डहीनताको जरो गहिरो भए पनि त्यसलाई उखेल्न सरकार प्रतिबद्ध रहेको उनले बताए ।

विकासका लागि सुशासन अनिवार्य रहेको उल्लेख गर्दै उनले प्रशासनिक संरचनालाई उपयुक्त आकारमा ल्याउने तथा भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति अपनाइएको जानकारी दिए ।

प्रतिक्रिया

ट्रेन्डिङ समाचार