काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले संविधान संशोधनका नाममा संविधानको मूल मर्ममाथि प्रहार नगर्न सरकारलाई आग्रह गरेका छन्।
संविधान दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले सरकारले गठन गरेको संविधान संशोधन बहसपत्र कार्यदलको प्रतिवेदन खारेज गर्न माग गरे। संविधान संशोधनलाई सत्ता स्वार्थभन्दा माथि राखेर राष्ट्रिय सहमतिका आधारमा अघि बढाउनुपर्ने उनको भनाइ छ।
आङ्देम्बेले बहालवाला सर्वोच्च अदालतका न्यायाधीश वा पूर्वप्रधानन्यायाधीशको संयोजकत्वमा नयाँ संविधान संशोधन कार्यदल गठन गर्नुपर्ने प्रस्ताव पनि अघि सारे। उनले सरकारबाटै संविधान र संवैधानिक संस्थामाथि हस्तक्षेप भइरहेको आरोप लगाउँदै व्यवस्थापिका तथा न्यायपालिकाको स्वतन्त्रताको सम्मान गर्न आग्रह गरे।
सम्बन्धित खबर

प्रतिक्रिया