काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानका उपलब्धिलाई जनताको दैनिक जीवनसँग जोडेर बाँकी कार्यभार पूरा गर्नुपर्ने बताएका छन्।
संविधान दिवस २०८३ का अवसरमा शुभकामना सन्देश जारी गर्दै दाहालले संविधान, सङ्घीय लोकतान्त्रिक गणतन्त्र र जनताले प्राप्त गरेका अधिकारको संरक्षण आवश्यक रहेको बताए। संविधानका मूल्य र जनअधिकार कमजोर पार्ने गतिविधिविरुद्ध लोकतान्त्रिक शक्तिहरू एकताबद्ध हुनुपर्ने उनको भनाइ छ।
उनले शिक्षा, स्वास्थ्य, रोजगारी, उत्पादन र समान अवसरमा सबै नागरिकको पहुँच सुनिश्चित गर्दै राजनीतिक परिवर्तनलाई आर्थिक तथा सामाजिक रूपान्तरणसँग जोड्नुपर्ने बताए। संविधान कानुनी दस्ताबेज मात्र नभई जनताको त्याग र बलिदानबाट प्राप्त ऐतिहासिक राजनीतिक उपलब्धिको संस्थागत अभिव्यक्ति भएको उनले उल्लेख गरे।
सम्बन्धित खबर

प्रतिक्रिया