काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले विपद्का बेला राज्यशक्तिको दुरुपयोग नगर्न सरकारलाई आग्रह गर्नुभएको छ।
नुवाकोट र रसुवामा राहत तथा उद्धारका लागि खटिन लागेको एमालेको टोलीलाई बिदाइ गर्दै ओलीले राहतमा सहयोग गर्न चाहने संस्था तथा स्वयंसेवकलाई काम गर्ने वातावरण बनाउन सरकारसँग आग्रह गर्नुभयो।
उहाँले उद्धारमा भइरहेको ढिलाइप्रति असन्तुष्टि जनाउँदै प्रभावित नागरिकको शीघ्र उद्धार गर्न र विस्थापित परिवारलाई एउटै शिविरमा बस्ने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराउनुभयो।
ओलीले राहत तथा उद्धारमा खटिएका स्वयंसेवकको स्वास्थ्य र सुरक्षालाई प्राथमिकता दिन तथा विपद्को वास्तविक अवस्था सार्वजनिक गर्ने नागरिकलाई प्रहरी लगाएर रोक्ने काम नगर्न पनि सरकारलाई सुझाव दिनुभयो।
एमाले सरकारलाई सहयोग गर्न तयार रहेको भन्दै उहाँले विपद्का बेला सरकार र राजनीतिक दलबीच सहकार्य आवश्यक रहेको बताउनुभयो।

प्रतिक्रिया