सिटिजन्स बैंकको मधेश केन्द्रित ‘ड्राइभिङ हाई–भोल्युम ग्रोथ, क्वालिटी क्रेडिट एन्ड मार्केट लिडरसिप’ कार्यक्रम सम्पन्न


काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले मधेश प्रदेशमा ‘ड्राइभिङ हाई–भोल्युम ग्रोथ, क्वालिटी क्रेडिट एन्ड मार्केट लिडरसिप २०८३/८४’ विषयक कार्यक्रम सम्पन्न गरेको छ।

शुक्रबार आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलसहित वरिष्ठ अधिकारी, प्रदेश प्रमुख तथा शाखा प्रबन्धकहरूको सहभागिता थियो। कार्यक्रममा गत आर्थिक वर्षको समीक्षा, चालु आर्थिक वर्षको बजेट, रणनीतिक योजना तथा प्राथमिकताबारे छलफल गरिएको बैंकले जनाएको छ।

बैंकका अनुसार आर्थिक वर्ष २०८२/८३ मा कर्जा प्रवाह १.२४ प्रतिशतले वृद्धि भई १ खर्ब ७७ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ। निक्षेप संकलन ९.२२ प्रतिशतले बढेर २ खर्ब ३३ अर्ब ८१ करोड रुपैयाँ पुगेको छ। बैंकको खुद नाफा ६३.०५ प्रतिशतले वृद्धि भई २ अर्ब ९ करोड ८६ लाख रुपैयाँ पुगेको छ।

मधेश प्रदेशका ८ जिल्लामा बैंकका २९ शाखा सञ्चालनमा छन्। बैंकले आगामी दिनमा अन्य प्रदेशमा पनि यस्ता कार्यक्रम आयोजना गर्ने जनाएको छ।

प्रतिक्रिया

ट्रेन्डिङ समाचार