ADVERTISEMENT

पहिलो त्रैमासमा एफडीआई प्रतिबद्धता १६ अर्बमा सीमित

काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा १६ अर्ब २३ करोड रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) प्रतिबद्धता स्वीकृत भएको छ। उद्योग विभागका अनुसार असोजसम्म ४२२ उद्योग दर्ता भएका छन्।गत आर्थिक वर्षको सोही अवधिमा ३५ अर्ब १३ करोड रुपैयाँ बराबरको एफडीआई स्वीकृत भएको थियो। यस वर्ष लगानी प्रतिबद्धता उल्लेख्य रूपमा घटेको छ।

असोजसम्म दर्ता भएका उद्योगमध्ये ४१० अटोमेटिक रुट र १२ अप्रुभल रुटबाट आएका छन्। क्षेत्रगत रूपमा सूचना प्रविधिमूलक उद्योगको संख्या सबैभन्दा बढी २५२ रहेको छ भने पर्यटनमूलक १०८, सेवामूलक ३३ र उत्पादनमूलक २५ उद्योग दर्ता भएका छन्।

रकमका आधारमा पर्यटन क्षेत्रमा सबैभन्दा बढी ६ अर्ब ८ करोड रुपैयाँ लगानी स्वीकृत भएको छ। त्यस्तै, ऊर्जा क्षेत्रमा ४ अर्ब, पूर्वाधारमा ३ अर्ब ५७ करोड, उत्पादनमूलक क्षेत्रमा १ अर्ब ६० करोड र सूचना प्रविधिमा ९२ करोड ८३ लाख रुपैयाँ बराबरको एफडीआई स्वीकृत भएको विभागले जनाएको छ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार