काठमाडौं । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको लिकुड पार्टीले निर्वाचनमा धाँधली भएको आरोप लगाउँदै प्रहरी, सिन बेट र केन्द्रीय निर्वाचन समितिसँग निष्पक्ष छानबिनको माग गरेको छ।
पार्टीले अरब नेतृत्वका दलहरूमाथि घुसखोरी, धम्की, हिंसा, जालसाजी र प्रतिबन्धित सफ्टवेयर प्रयोग गरी मतदाता प्रभावित पारेको आरोप लगाएको छ। यससम्बन्धी सयौं प्रमाण सम्बन्धित निकायमा बुझाइएको लिकुड पार्टीले जनाएको छ।
अरब नेतृत्वका राअम र जोइन्ट लिस्टले १९ सिट जित्ने अनुमान गरिएपछि इजरायलमा कुनै पनि पक्षले संसदमा स्पष्ट बहुमत हासिल गर्न नसक्ने अवस्था देखिएको छ। यद्यपि, केन्द्रीय निर्वाचन समितिका एक अधिकारीले भने चुनावमा धाँधली भएको दाबी अस्वीकार गरेका छन्।
सम्बन्धित खबर




प्रतिक्रिया