काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूलाई आज पद तथा गोपनीयताको शपथ गराउने र प्रमाणपत्र वितरण गर्ने तयारी गरिएको छ।
निर्वाचन समितिका सदस्यसचिव अधिवक्ता राजु कटुवालका अनुसार कार्यक्रम आज दिउँसो २ बजे गर्ने तयारी भइरहेको छ।
महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाले असोज ३१ गते नै शपथ लिइसकेका छन्। बाँकी २३० जना पदाधिकारी तथा सदस्यले भने शपथ लिन र निर्वाचित भएको प्रमाणपत्र पाउन बाँकी छ।
गत असोज १८ देखि २३ गतेसम्म सम्पन्न महाधिवेशनले २३१ सदस्यीय केन्द्रीय समिति चयन गरेको थियो।
सम्बन्धित खबर




प्रतिक्रिया