ADVERTISEMENT

जनकपुर बोल्ट्सको पहिलो जित, काठमाडौं ८ विकेटले पराजित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले पहिलो जित दर्ता गरेको छ। जनकपुरले काठमाडौं गोर्खाजले दिएको ११६ रनको लक्ष्य १७.२ ओभरमा २ विकेट गुमाएर पूरा गरेको हो।जनकपुरको जितमा मोइन अलीले अविजित ५८ रन बनाए। उनले ५१ बलमा ३ चौका र ३ छक्का प्रहार गरे। सैफ हसनले अविजित ४० रन बनाए। मोइन र सैफले तेस्रो विकेटका लागि ७९ रनको अविजित साझेदारी गरे।

यसअघि टसपछि ब्याटिङ गरेको काठमाडौं १९.३ ओभरमा ११५ रनमा अलआउट भएको थियो। काठमाडौंका भीम सार्कीले सर्वाधिक ३३ रन बनाए। जनकपुरका राहुल यादवले ४ विकेट लिए भने सैफ हसनले २ विकेट हात पारे।

पहिलो खेलमा कर्णाली याक्ससँग १९ रनले पराजित भएको जनकपुरले दोस्रो खेलमा जित निकाल्दै प्रतियोगितामा खाता खोलेको हो।

आजको दोस्रो खेलमा साँझ ५ बजे विराटनगर किंग्स र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुनेछ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार