काठमाडौ । लामो समयदेखि विवादका कारण रोकिएको सूर्यविनायक–धुलिखेल सडक आयोजना अन्तर्गत बनेपा बजार क्षेत्रको सडक निर्माण कार्य पुनः सुरु भएको छ।
सडकको सेन्टरलाइन र इन्टरसेक्सनसम्बन्धी विवाद मन्त्रालयको पटक–पटकको सहजीकरणपछि समाधान भएसँगै निर्माण कार्य अघि बढाइएको हो। हाल सडकको पुरानो सतह हटाउने काम भइरहेको छ भने आगामी दुई महिनाभित्र कालोपत्रे सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
साँगा–धुलिखेल खण्डको कुल ७.९ किलोमिटर सडकमा ६.५ किलोमिटर कालोपत्रे सम्पन्न भइसकेको छ। बाँकी १.४ किलोमिटर सडकलाई सर्भिस लेनसहित चार लेनमा स्तरोन्नति गरी यसै वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
सम्बन्धित खबर




प्रतिक्रिया