प्रहरीका अनुसार थारपारकर जिल्लाको नगरपारकरस्थित स्वास्थ्य केन्द्रमा पार्क गरिएको एम्बुलेन्समा बुधबार राति विस्फोट भएको हो। घाइतेहरूलाई प्रारम्भिक उपचारपछि थप उपचारका लागि कराची सारिएको छ।
मृतकहरूको शव पहिचानका लागि स्थानीय अस्पतालमा राखिएको छ। विस्फोटको कारण पत्ता लगाउन मिरपुरखास र कराचीबाट विशेषज्ञ टोली बोलाइएको प्रहरीले जनाएको छ। टोलीले घटनास्थलको प्रमाण जाँच गरी घटनाबारे अनुसन्धान गर्नेछ।
सम्बन्धित खबर




प्रतिक्रिया