काठमाडौं । नागरिक लगानी कोष र महाशक्ति सिमेन्ट लिमिटेडबीच सेयर प्रत्याभूति सम्झौता भएको छ । शुक्रबार कोषका कार्यकारी निर्देशक पर्वत कुमार कार्की र कम्पनीका अध्यक्ष राजाराम खड्काले सम्झौतामा हस्ताक्षर गरेका हुन् ।
कम्पनीले १ अर्ब ७८ करोड ५० लाख ८५ हजार ७ सय रुपैयाँ बराबरको १ करोड ७८ लाख ५० हजार ८५७ कित्ता सेयर निष्कासन गर्ने भएको छ । सम्झौताअनुसार ६ महिनाभित्र सेयर निष्कासन गरिसक्नुपर्नेछ । सो अवधिमा निष्कासन नभए पुनः सम्झौता गर्नुपर्ने व्यवस्था छ।
सम्बन्धित खबर

प्रतिक्रिया