रसुवा बाढीबारे निर्णय गर्न प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक


काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले आज दिउँसो ३ बजे मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्ने बैठकमा समसामयिक विषयसँगै भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा खोज, उद्धार, राहत तथा पुनःस्थापनाका विषयमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

बाढी प्रभावित क्षेत्रमा राहत तथा पुनःस्थापनाका कामलाई थप प्रभावकारी बनाउन आवश्यक निर्णय गर्ने उद्देश्यले बैठक बोलाइएको सचिवालयले जनाएको छ।

प्रतिक्रिया

ट्रेन्डिङ समाचार