काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३’ सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन पेस भएको छ।
समितिका सभापति कृष्णबहादुर रोकायले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विधेयकमाथि दफावार छलफलसहित तयार पारिएको प्रतिवेदन बैठकमा पेस गर्नुभयो। बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले मन्त्रिपरिषद्का सदस्यको कार्यभार तोकिएकोसम्बन्धी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त पत्रको बेहोरा जानकारी गराउनुभयो।
राष्ट्रियसभाको अर्को बैठक भदौ २५ गते बिहीबार दिउँसो १ः१५ बजे बस्नेछ।
सम्बन्धित खबर

प्रतिक्रिया