काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रचना खतिवडा खत्रीले प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारसँग जेनजी आन्दोलनका सहिद र घाइते परिवारलाई न्याय तथा भेटघाटको विषयमा प्रश्न उठाएकी छन्।
प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद खतिवडाले जेनजी आन्दोलन भएको एक वर्ष पूरा हुँदा पनि सहिद परिवारले न्याय पाउन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराइन्।
उनले प्रधानमन्त्री शाहले लामो समयपछि सामाजिक सञ्जालमार्फत मात्र सहिदप्रति श्रद्धाञ्जली व्यक्त गरेको उल्लेख गर्दै भनिन्, “सहिदले न्याय कति वर्षमा पाउँछन् सरकार? सहिद परिवार र घाइते परिवारलाई भेट्न अब कति वर्ष लाग्छ?”
सांसद खतिवडा जेनजी आन्दोलनका सहिद रसिक खतिवडाकी आमा समेत हुन्।
सम्बन्धित खबर

प्रतिक्रिया