राज्यका निकायमा अन्योल बढ्यो : दाहाल


काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको राजनीति, कर्मचारीतन्त्र र राज्यका विभिन्न निकायहरू अन्योलपूर्ण अवस्थामा रहेको बताएका छन्।

शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले सरकारका राम्रा काममा आफ्नो पार्टीको सहयोग र समर्थन रहने तर गलत कामको विरोध र आलोचना गरिने स्पष्ट पारे।

प्रचण्डले पछिल्लो राजनीतिक परिस्थितिप्रति चिन्ता व्यक्त गर्दै राजनीतिक नेतृत्व, कर्मचारीतन्त्र र नागरिक समाजलाई राष्ट्र तथा जनताप्रति थप जिम्मेवार बन्न आग्रह गरे।

उनले देशको स्वाधीनता, भौगोलिक अखण्डता, लोकतन्त्र र स्वतन्त्रताको रक्षालाई सबैभन्दा महत्वपूर्ण विषयका रूपमा लिएर सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिए।

प्रतिक्रिया

ट्रेन्डिङ समाचार