काठमाडौं । चीनले उद्धार तथा विपद् राहत कार्यमा सहयोग पुर्याउन नेपाललाई आपतकालीन जलविज्ञानसम्बन्धी निगरानी सूचना निरन्तर उपलब्ध गराउने भएको छ।
चिनियाँ दूतावासका अनुसार नदीमा बन्ने अवरोध तथा हिमतालबाट उत्पन्न हुन सक्ने जोखिमसम्बन्धी जानकारीसमेत नेपाललाई उपलब्ध गराइनेछ।
चीन–नेपाल केरुङ–रसुवा सीमा क्षेत्रमा भीषण पहिरो गएपछि चीनका मौसमसम्बन्धी अधिकारीहरूले नेपाललाई मौसम निगरानी, पूर्वानुमान, पूर्वसूचना तथा प्रभावसम्बन्धी सेवा उपलब्ध गराउँदै आएका छन्।
विपद्पछि चीनको मौसम प्रशासनले नेपालको मौसम विज्ञान विभागसँग भिडियोमार्फत तत्काल मौसमसम्बन्धी परामर्शसमेत गरेको थियो।
सम्बन्धित खबर

प्रतिक्रिया