बाढीपीडितलाई सिधै राहत दिन एमालेको जोड


काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बाढीपहिरो पीडितलाई प्रत्यक्ष रूपमा राहत पुर्‍याउनु पार्टीको पहिलो प्राथमिकता रहेको बताएका छन्।

शुक्रबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा रसुवाका बाढीपीडितका लागि राहत सामग्री हस्तान्तरण गर्दै ओलीले सरकारी प्रक्रियाबाट राहत वितरण गर्दा ढिलाइ हुन सक्ने भएकाले एमालेले सिधै पीडितसम्म राहत पुर्‍याइरहेको बताए।

एमालेले करिब १ करोड २० लाख रुपैयाँ बराबरको नगद तथा जिन्सी राहत वितरण गर्ने लक्ष्य राखेको उनले जानकारी दिए। उद्धार तथा प्राथमिक राहतपछि आवश्यकताअनुसार सरकारी कोषमा समेत सहयोग गर्न सकिने उनको भनाइ छ।

विपद्को समयमा एआईबाट कृत्रिम तस्वीर बनाएर प्रचार गर्ने प्रवृत्तिको आलोचना गर्दै ओलीले अहिले प्रचारभन्दा उद्धार, राहत र पुनर्स्थापनामा केन्द्रित हुनुपर्ने बताए।

प्रतिक्रिया

ट्रेन्डिङ समाचार