काठमाडौं । चीनतर्फको केरुङ नाका जाने सडक बुधबार बिहान १० बजेदेखि पूर्ण रूपमा पुनः सञ्चालनमा आएको छ।
पानीका कारण अवरुद्ध सडकको अन्तिम खण्ड अस्थायी रूपमा खुलाइएसँगै उद्धारकर्मी, राहत सामग्री, उपकरण तथा भारी मेसिनरी विपद् प्रभावित क्षेत्रमा लैजान सहज भएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन्।
सडक खुलाउने काम विपद्को मुख्य प्रभावित क्षेत्रसम्म पुगेको छ। चिनियाँ पक्षले राष्ट्रिय राजमार्ग सफा गर्ने काम केरुङ नाका भवन रहेको मूल स्थाननजिकैसम्म पुर्याएको जनाएको छ।
सडक सञ्चालनमा आएसँगै प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यलाई थप तीव्रता दिन सकिने बताइएको छ।
सम्बन्धित खबर

