काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एभरेष्ट बैंकले ३ करोड ११ लाख रुपैयाँभन्दा बढी सहयोग गरेको छ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत २ करोड ५१ लाख रुपैयाँ तथा कर्मचारीबाट संकलित ६० लाख ५४ हजार ६०५ रुपैयाँ ३८ पैसा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो।
त्यसैगरी, बैंकका कर्मचारीले संकलन गरेका अत्यावश्यक राहत सामग्री पनि प्रभावित क्षेत्रमा पठाउन सम्बन्धित निकायलाई हस्तान्तरण गरिएको छ।
बैंकले विपद्मा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली, परिवारजनमा समवेदना तथा घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उद्धार तथा राहतमा खटिएका सबैप्रति आभार व्यक्त गरेको छ।
सम्बन्धित खबर

