काठमाडौं । भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीबाट क्षतिग्रस्त १८ वटा झोलुङ्गे पुल मर्मत गरी पुनः सञ्चालनमा ल्याइएको छ।
सस्पेन्सन ब्रिज डिभिजन कार्यालयका अनुसार ११ वटा पुलमा ठूलो क्षति पुगेको थियो भने सातवटामा सामान्य क्षति भएको थियो। क्षतिग्रस्त पुलहरूको मर्मतका लागि करिब साढे पाँच करोड रुपैयाँ खर्च भएको छ।
बाढीले पुलका लट्ठा, डेक, बिम र साइडका जालीमा क्षति पुर्याएको थियो। ती संरचना मर्मत तथा पुनः जडान गरी पुल सञ्चालनमा ल्याइएको कार्यालयका योजना प्रमुख सहसचिव शङ्कर बुढाथोकीले जानकारी दिए।
मर्मत गरिएका पुलहरू नुवाकोट, धादिङ, गोरखा र चितवनका विभिन्न स्थानीय तह जोड्ने पुल हुन्। पुल सञ्चालनमा आएसँगै स्थानीय बासिन्दाको आवतजावतमा सहजता हुने अपेक्षा गरिएको छ।
सम्बन्धित खबर




प्रतिक्रिया