धनगढी । कैलालीमा भारतबाट भन्सार छली गरी ल्याइएका २ लाख ४७ हजार रुपैयाँभन्दा बढी मूल्यका कपडासहित तीन जना पक्राउ परेका छन्।
बर्दगोरिया गाउँपालिका–१ बौनियाँ चोकस्थित भजनी जाने सडकखण्डमा प्रहरीले जाँच गर्ने क्रममा कपडासहित अटो र त्यसमा सवार तीन जनालाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा अटो चालक जानकी गाउँपालिका–५ का ३५ वर्षीय विपत राम चौधरी, टीकापुर नगरपालिका–१ का ३८ वर्षीय रामबहादुर टमाटा र ४९ वर्षीय प्रकाश कुँवर रहेका छन्।
प्रहरीका अनुसार सुपप्र ००१ ह ४२५३ नम्बरको अटोबाट बरामद गरिएका साना–ठूला सर्टको अनुमानित मूल्य २ लाख ४७ हजार १७५ रुपैयाँ रहेको छ।
इलाका प्रहरी कार्यालय सडकपुर, बौनियाँबाट खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएर थप कारबाहीका लागि सत्ती भन्सार कार्यालय, कैलालीमा पठाएको जनाएको छ।
सम्बन्धित खबर




प्रतिक्रिया