ADVERTISEMENT

प्रधानमन्त्री बालेन्द्र शाहकी पत्नी सविना काफ्लेको एपेन्डिसाइटिसको शल्यक्रिया, टिचिङ अस्पतालमा उपचारपछि स्वास्थ्य सामान्य

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहकी पत्नी सविना काफ्लेको महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ अस्पताल) मा एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको छ। पेट दुख्ने समस्या देखिएपछि उपचारका लागि अस्पताल पुगेकी काफ्लेको चिकित्सकीय परीक्षणका क्रममा एपेन्डिसाइटिस पुष्टि भएपछि शल्यक्रिया गरिएको हो।

टिचिङ अस्पतालका वरिष्ठ शल्यचिकित्सक डा. प्रशान्त वीरसिंह कंसाकारको नेतृत्वमा रहेको चिकित्सक टोलीले बिहीबार बिहान करिब ४ बजे उनको शल्यक्रिया सम्पन्न गरेको अस्पताल प्रशासन शाखाले जनाएको छ।

अस्पताल प्रशासनका अनुसार पेट दुखेपछि उपचारका लागि आएकी काफ्लेको परीक्षण गर्दा एपेन्डिसाइटिस देखिएको थियो। त्यसपछि चिकित्सकको सल्लाहअनुसार शल्यक्रिया गरिएको हो।शल्यक्रियापछि काफ्लेको स्वास्थ्य अवस्था सामान्य र स्थिर रहेको चिकित्सकहरूले बताएका छन्।पत्नीको उपचारका क्रममा प्रधानमन्त्री शाह स्वयं पनि अस्पताल पुगेका थिए।

 

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार