ADVERTISEMENT

यमनमा हुथीको मिसाइल आक्रमण, ५ जनाको मृत्यु, १६ घाइते

काठमाडौँ । यमनको अन्तरिम राजधानी अदनस्थित राष्ट्रपति भवन परिसरमा हुथी विद्रोहीले गरेको मिसाइल आक्रमणमा ५ जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन्। मृतकमध्ये प्रधानमन्त्रीका दुई सुरक्षागार्ड रहेका छन्।

आक्रमणका बेला प्रधानमन्त्री र केही मन्त्रीहरू परिसरमै भए पनि उनीहरू सुरक्षित रहेको बताइएको छ। हुथी विद्रोहीले अदनस्थित साउदी अरबको सैन्य अभियान मुख्यालयलाई लक्षित गरी आक्रमण गरेको दाबी गरेका छन्।

यस घटनापछि साउदी अरबमा सुरक्षा चिन्ता बढ्नुका साथै क्षेत्रीय हवाई सेवा प्रभावित भएको छ। इत्तेहाद र कतार एयरवेजले साउदी अरबका विभिन्न सहरमा हुने केही उडान रद्द तथा स्थगित गरेका छन्।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार