काठमाडौं । भोटेकोशी र त्रिशूली नदीमा १० भदौमा आएको विनासकारी बाढीबाट करिब ६ हजार निजी घर बगेको सरकारले अनुमान गरेको छ।
शहरी विकास तथा भवन निर्माण विभागका अनुसार बाढीबाट निजी आवासतर्फ करिब १२ अर्ब रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ। बाढीले ४५ सरकारी तथा सार्वजनिक भवनमा समेत क्षति पुर्याएको विभागले जनाएको छ।
क्षतिको विस्तृत अध्ययन भइरहेकाले घर तथा भवनको संख्या र क्षतिको विवरण तलमाथि हुन सक्ने विभागले जनाएको छ। बाढी प्रभावित ६ हजार परिवारका लागि अस्थायी आवास निर्माण गर्न मात्रै तत्काल करिब ९० करोड रुपैयाँ आवश्यक पर्ने अनुमान गरिएको छ।
सम्बन्धित खबर

