काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले बाढी प्रभावित धादिङ, नुवाकोट र रसुवामा १२ वटा अस्थायी बेस स्थापना गरी उद्धार टोली परिचालन गरेको छ। धादिङमा २, नुवाकोटमा ६ र रसुवामा ४ वटा बेस स्थापना गरिएको हो।
उद्धार कार्यलाई थप प्रभावकारी बनाउन धादिङको मलेखु र नुवाकोटको तारकेश्वरमा मेडिकल टोलीसमेत परिचालन गरिएको छ। प्रत्येक बेसमा १५ देखि ३५ जनासम्मको उद्धार टोली खटाइएको छ भने विशेष तालिमप्राप्त उद्धारक पनि परिचालन गरिएको सशस्त्र प्रहरीले जनाएको छ।
उद्धार टोलीमा कोल्याप्स स्ट्रक्चर सर्च एन्ड रेस्क्यु (CSSR), मेडिकल फर्स्ट रेस्पोन्डर (MFR), रेस्क्यु डग स्क्वाड, ड्रोन, रोप रेस्क्यु, डेड बडी म्यानेजमेन्ट, गोताखोर, स्विफ्ट वाटर रेस्क्यु टिम तथा मास क्याजुअल्टी भेहिकल (MCV) लगायतका विशेष टोली र उपकरण परिचालन गरिएको छ।
सम्बन्धित खबर

