काठमाडौँ । भोटेकोशी बाढीमा परी एक सातादेखि बेपत्ता भएकाहरूको कुशको शव बनाएर आफन्तले अन्तिम संस्कार गर्न थालेका छन्।
लामो समयसम्म शव फेला नपरेपछि जीवित भेटिने आशा पनि न्यून हुँदै गएपछि आफन्तहरूले कुशको शव बनाई पशुपतिको आर्यघाटमा अन्त्येष्टि गर्न थालेका हुन्। पछिल्लो समय आर्यघाटमा यसरी अन्तिम संस्कार गर्ने आफन्तहरूको संख्या बढ्दै गएको छ।
सम्बन्धित खबर

