काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा सडक भासिएको तीन दिन बितिसक्दा पनि सडक खुलाउनेबारे टुंगो लाग्न सकेको छैन।
सडक विभागले मंगलबार पत्रकार सम्मेलनमार्फत कृष्णभीरमा सडक कसरी सञ्चालनमा ल्याउने भन्ने विषयमा अझै निष्कर्षमा पुग्न नसकेको जनाएको हो।
विभागका महानिर्देशक डा. विजय जैसीका अनुसार जियोटेक्निकल टोलीसँगको परामर्शपछि मात्रै सडक खुलाउने उपाय तय गरिनेछ। त्यसपछि त्रिशूली नदीपारि नयाँ ट्र्याक खोल्ने वा अन्य विकल्प अपनाउने भन्ने निर्णय गरिनेछ।
पृथ्वी राजमार्ग अवरुद्ध भएपछि पश्चिम नेपालतर्फको सडक सम्पर्क प्रभावित भएको छ। हाल हेटौंडा जोड्ने वैकल्पिक राजमार्गमार्फत आवागमनको व्यवस्था मिलाइएको विभागले जनाएको छ।
सम्बन्धित खबर

