भोटेकोशी बाढीमा १,१२७ शव फेला, ४,८५८ अझै बेपत्ता


काठमाडौं  । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण बुधबार बिहान ५ बजेसम्म १ हजार १ सय २७ जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार रसुवामा ४५, नुवाकोटमा १५५, धादिङमा ५९, चितवनमा ३४८, गोरखामा ६६, तनहुँमा ३८, नवलपरासी पूर्वमा २१७, नवलपरासी पश्चिममा १९० र भारतमा ९ जनाको शव फेला परेको हो।

फेला परेका शवमध्ये १ हजार १ सय १३ जनाको लाशजाँच मुचुल्का सम्पन्न भएको छ भने ९५ वटा शव आफन्तलाई हस्तान्तरण गरिएको छ। पहिचान हुन नसकेका ९११ शवको विवरण नेपाल प्रहरीको वेबसाइटमा राखिएको प्रहरीले जनाएको छ।

बाढी प्रभावित क्षेत्रमा उद्धार, खोजी, राहत वितरण र शव व्यवस्थापनका लागि ७ हजार ९ सय १२ प्रहरी परिचालन गरिएको छ। हालसम्म ६ हजार ५ सय ४१ जनाको उद्धार गरिएको छ भने ४ हजार ८ सय ५८ जना अझै बेपत्ता छन्।

प्रहरीले बाढी प्रभावित तथा जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा सार्ने, अवरुद्ध सडक खुलाउने तथा स्थानीयवासी र विभिन्न निकायसँग समन्वय गरी उद्धार र खोजी कार्य जारी राखेको जनाएको छ।

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।

ट्रेन्डिङ समाचार