ADVERTISEMENT

महाअष्टमीमा पनि घर फर्कने यात्रुको चाप

काठमाडौँ। बडादसैँअन्तर्गत महाअष्टमीको दिन आइतबार पनि काठमाडौँ उपत्यकाबाट घर फर्कने यात्रुको चाप देखिएको छ। नयाँ बसपार्क, माछापोखरी, कलङ्की, बल्खु, कोटेश्वर र गौशालालगायतका क्षेत्रमा यात्रुको भीड लागेको छ।

 

काठमाडौँ उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता एसपी नरेशराज सुवेदीका अनुसार घटस्थापनादेखि हालसम्म ४ लाख ९६ हजार यात्रु उपत्यकाबाट बाहिरिएका छन्।

 

अष्टमीको बिहान उपत्यका छाड्ने सवारीसाधनको चाप बढी भए पनि त्यसपछि क्रमशः घट्दै गएको उनले बताए।

दसैँ मनाउन उपत्यका छाड्नेको सङ्ख्या बढेसँगै काठमाडौँका सडकमा सवारीसाधनको चापसमेत घटेको छ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार