ADVERTISEMENT

डलरदेखि दिरहमसम्मको आजको विनिमय दर सार्वजनिक

काठमाडौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। सार्वजनिक दरअनुसार अमेरिकी डलरको खरिददर १५१ रुपैयाँ ६४ पैसा र बिक्रीदर १५२ रुपैयाँ २४ पैसा रहेको छ।

 

त्यस्तै, युरोको खरिददर १७० रुपैयाँ ४४ पैसा र बिक्रीदर १७१ रुपैयाँ ११ पैसा कायम भएको छ। भारतीय १०० रुपैयाँको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ।

 

बेलायती पाउन्डको खरिददर २०२ रुपैयाँ १२ पैसा र बिक्रीदर २०२ रुपैयाँ ९२ पैसा रहेको छ। यस्तै, यूएई दिरहमको खरिददर ४१ रुपैयाँ २९ पैसा र बिक्रीदर ४१ रुपैयाँ ४५ पैसा कायम भएको छ।

 

विदेशमा रहेका नेपाली श्रमिक तथा विद्यार्थीले पठाउने रेमिट्यान्समा विदेशी मुद्रा विनिमय दरले प्रत्यक्ष प्रभाव पार्ने भएकाले दैनिक दरबारे जानकारी राख्नु आवश्यक हुन्छ। रकम साटफेर गर्नुअघि सम्बन्धित बैंकसँग पछिल्लो विनिमय दर बुझ्न राष्ट्र बैंकले सार्वजनिक गर्ने विवरण हेर्न सकिन्छ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार