काठमाडौं । मानव उपभोगका लागि अनुपयुक्त चोकर प्रयोग गरिएको पाइएपछि सरकारले भारतीय ब्रान्ड ‘प्रियागोल्ड बिस्कुट’को आयात तथा बिक्री वितरणमा रोक लगाएको छ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजारमा रहेका सबै ब्याच र उत्पादन मितिका बिस्कुट तत्काल फिर्ता गर्न निर्देशन दिएको हो।
भारतको खाद्य सुरक्षा तथा मानक प्राधिकरणले गरेको निरीक्षणका क्रममा बिस्कुटमा गाईवस्तुको दानाका रूपमा प्रयोग हुने चोकर भेटिएको थियो। साथै, कारखानामा सरसफाइ, कच्चापदार्थ भण्डारण र व्यक्तिगत स्वच्छतामा समेत कमजोरी देखिएको थियो।
विभागले फिर्ता गरिएका बिस्कुट सुरक्षित रूपमा नष्ट गर्न र निर्देशन उल्लङ्घन गरी बिक्री वितरण गरे कानुनी कारबाही गरिने जनाएको छ।
सम्बन्धित खबर




प्रतिक्रिया