काठमाडौं । आज आइतबार १२ वटै राशिका व्यक्तिका लागि फरक–फरक सम्भावना र चुनौती देखिएका छन्। केही राशिका व्यक्तिलाई आर्थिक लाभ, प्रेम सम्बन्धमा सुधार र नयाँ कामको अवसर मिल्ने संकेत छ भने केहीले स्वास्थ्य, खानपान र व्यवहारमा विशेष ध्यान दिनुपर्ने देखिन्छ।
आजको दिन मेष, वृष, मिथुन, कर्कटदेखि मीन राशिसम्मका व्यक्तिको ग्रहगोचरले कस्तो संकेत गर्छ ? हेर्नुहोस्, आजको राशिफल।
♈ मेष
आर्थिक कारोबार र पारिवारिक भेटघाटमा अनुकूलता
आज धार्मिक तथा शैक्षिक उद्देश्यले छोटो दूरीको यात्रा हुन सक्छ। सानो लगानीबाट पनि व्यापार व्यवसायमा प्रगति हुने सम्भावना छ। दैनिक उपभोग्य वस्तु तथा औषधिजन्य सामग्रीको कारोबार बढ्न सक्छ। प्रेम सम्बन्धमा निकटता बढ्नुका साथै परिवार र आफन्तबाट अपेक्षित सहयोग मिल्नेछ। पारिवारिक भेटघाटले मन प्रसन्न बनाउनेछ।
♉ वृष
आर्थिक लाभको सम्भावना, स्वास्थ्यमा सतर्कता
आज अप्रत्याशित धन वा भौतिक सम्पत्ति प्राप्त हुने योग छ। प्रेम सम्बन्धमा निकटता बढ्ने र आफन्तबाट सहयोग मिल्नेछ। लामो दूरीको यात्राको योजना बन्न सक्छ। उपभोग्य तथा औषधिजन्य वस्तुको व्यापारमा सुधार आउने सम्भावना छ। तर सवारीसाधन चलाउँदा सावधानी अपनाउनुहोला। स्वास्थ्यसम्बन्धी समस्याले पनि सताउन सक्छ।
♊ मिथुन
व्यापारमा सुधार, पुराना साथीभाइसँग भेट
आज उपभोग्य वस्तु तथा स्वास्थ्य सामग्रीको कारोबारबाट लाभ मिल्न सक्छ। भौतिक सम्पत्ति प्राप्त गर्ने अवसर पनि जुट्न सक्छ। लामो समयदेखि भेट नभएका मित्रहरूसँग भेटघाट हुने र प्रेम सम्बन्धमा आत्मीयता बढ्ने सम्भावना छ। रमाइलो यात्राको अवसर मिल्नुका साथै खानपान र मनोरञ्जनमा समय बित्नेछ।
♋ कर्कट
पुराना समस्याबाट राहत, नयाँ कामको अवसर
आज पुराना रोग तथा ऋणबाट राहत मिल्ने र नयाँ काम सुरु गर्ने अवसर प्राप्त हुन सक्छ। उपभोग्य तथा औषधिजन्य वस्तुको व्यापारमा लगानी गर्दा आम्दानी बढ्ने सम्भावना छ। परिवारका आवश्यकता पूरा गर्न सहज हुनेछ। आफन्त तथा मावली पक्षबाट सहयोग मिल्नेछ। आलोचना गर्नेहरूबाट समेत प्रशंसा पाउन सकिनेछ। खानपान र मनोरञ्जनमा समय बित्नेछ।
♌ सिंह
काममा सफलता र प्रेम सम्बन्धमा निकटता
आज काममा ध्यान केन्द्रित गर्न सके अपेक्षित सफलता हासिल गर्न सकिनेछ। आफन्त तथा गुरुजनको सुझावले अघि बढ्न सहज हुनेछ। मन परेको व्यक्तिबाट उपहार वा भौतिक वस्तु प्राप्त हुने सम्भावना छ। प्रेम सम्बन्धमा निकटता बढ्नेछ। सन्तान तथा आफन्तसँग रमाइलो यात्रा हुन सक्छ। व्यापारमा लगानी गरेर आर्थिक अवस्था सुधार्ने अवसर पनि छ।
♍ कन्या
सामाजिक व्यवहारमा संयमता आवश्यक
आज राजनीति तथा समाजसेवामा सक्रिय व्यक्तिले सर्वसाधारणसँगको व्यवहारमा विशेष ध्यान दिनुपर्नेछ। असन्तुलित व्यवहारले काम बिग्रनुका साथै मानसम्मानमा असर पर्न सक्छ। आमा वा आमासरहका व्यक्तिबाट टाढा हुँदा तथा लामो यात्रामा निस्कँदा मनमा बेचैनी बढ्न सक्छ। यद्यपि कृषि तथा पशुपालन व्यवसायमा प्रगति हुने सम्भावना छ। खानपान र मनोरञ्जनमा समय बित्नेछ।
♎ तुला
पुराना समस्या समाधान, सम्बन्धमा सुधार
आज केही समयदेखि अल्झिएका समस्या समाधान गर्न सकिनेछ। उपभोग्य वस्तु तथा औषधिजन्य सामग्रीको व्यापारमा सुधार आउने सम्भावना छ। छोटो र रमाइलो यात्रा हुन सक्छ, जहाँ मन मिल्ने साथीभाइसँग भेट हुनेछ। प्रेम सम्बन्धमा सुधार आउने र आपसी सहयोगमा खोजमूलक काम गर्न रुचि बढ्नेछ। दाजुभाइको सहयोगबाट परिणाममुखी काम गर्न सकिनेछ। विवादित विषयमा आफ्नो पक्ष बलियो बन्ने सम्भावना छ।
♏ वृश्चिक
बोलीको प्रभाव बढ्ने, आर्थिक अवसर प्राप्त हुने
आज परिवार तथा आफन्तले आफ्ना समस्या बुझ्ने हुँदा काम गर्न सहज हुनेछ। कम बोलेर पनि राम्रो आम्दानी गर्ने अवसर मिल्न सक्छ। बोलीको प्रभाव बढ्ने भएकाले महत्त्वपूर्ण निर्णय लिन सहज हुनेछ। प्रेम सम्बन्धमा विश्वास बढ्ने र जीवनसाथीको सहयोगमा नयाँ काम सुरु गर्न सकिनेछ। उपभोग्य तथा औषधिजन्य वस्तुको व्यापारमा प्रगति हुँदा थप लगानीको वातावरण बन्न सक्छ। पारिवारिक भेटघाट र मनोरञ्जनमा समय बित्नेछ।
♐ धनु
स्रोतसाधनको सही उपयोगले आम्दानी बढ्ने
आज आफूसँग भएका स्रोतसाधनको उचित परिचालनबाट आम्दानी बढाउन सकिनेछ। समयमै निर्णय लिन सके मानसम्मानमा वृद्धि हुने सम्भावना छ। प्रेम सम्बन्धमा आत्मीयता बढ्नेछ। साथीभाइसँग भेटघाट, मिठो खानपान र रमाइलो गर्ने अवसर मिल्न सक्छ। यात्रा तथा मनोरञ्जनमा समय बित्नेछ।
♑ मकर
व्यापारमा अपेक्षित लाभ नहुन सक्छ, पढाइमा ध्यान दिनुहोस्
आज परिवार तथा आफन्तसँग भेटघाट गर्दा खानपानमा सावधानी अपनाउनुहोला। सामान्य स्वास्थ्य समस्या देखिन सक्छ। पढाइलेखाइमा आफ्नै असावधानीले बाधा पुग्न सक्ने भएकाले ध्यान केन्द्रित गर्नु आवश्यक छ। व्यापार व्यवसायमा पर्याप्त समय र मेहनत लगाए पनि अपेक्षाअनुसार प्रतिफल नआउन सक्छ। यद्यपि यात्रा, मनोरञ्जन र पारिवारिक भेटघाटका लागि समय मिल्नेछ।
♒ कुम्भ
आर्थिक लाभ र प्रतिस्पर्धामा सफलता मिल्ने संकेत
आज व्यापारमा लगानी गरेर राम्रो नाफा कमाउने सम्भावना छ। औषधिजन्य तथा उपभोग्य वस्तुको कारोबार अनुकूल रहन सक्छ। प्राकृतिक स्रोतसाधनको उपयोग गर्ने अवसर मिल्नुका साथै पैतृक धनसम्पत्ति प्राप्त हुने योग छ। प्रतिस्पर्धीलाई पछि पार्दै आफ्नो पक्षमा नतिजा ल्याउन सकिनेछ। प्रेम सम्बन्धमा निकटता बढ्नेछ। यात्रा, खानपान र मनोरञ्जनमा समय बित्नेछ।
♓ मीन
सम्मान, अध्ययन र आर्थिक अवसरमा सकारात्मक संकेत
आज सम्मान प्राप्त हुने काम सम्पन्न गर्न सकिनेछ। उपभोग्य तथा औषधिजन्य वस्तुको व्यापारबाट अपेक्षाभन्दा बढी आम्दानी हुन सक्छ। यसले नयाँ क्षेत्रमा लगानी गर्ने उत्साह बढाउन सक्छ। अध्ययन तथा अध्यापनमा सहकर्मीको सहयोगबाट नयाँ विषयको खोज र अनुसन्धान गर्न सकिनेछ। सकारात्मक नतिजाले आत्मविश्वास र उत्साह बढाउनेछ। खानपान तथा मनोरञ्जनमा समय बित्नेछ।




प्रतिक्रिया