काठमाडौं । बडादसैँ मनाउन गाउँ फर्किने यात्रुको सङ्ख्या बढेसँगै काठमाडौं उपत्यकाका सडकमा सवारी चाप घट्न थालेको छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनादेखि असोज ३० गतेसम्म ४ लाख २३ हजार ६६४ जना यात्रुले उपत्यका छाडेका छन्।
असोज २५ देखि ३० गतेसम्म मात्रै लाखौँ यात्रु उपत्यकाबाट बाहिरिएका छन्। यस अवधिमा असोज २९ गते सबैभन्दा बढी ८५ हजार ५६१ जना यात्रु बाहिरिएका थिए भने असोज २५ गते ५२ हजार ८२७ जनाले उपत्यका छाडेका थिए।
दसैँका लागि यात्रु बाहिरिने क्रम बढेसँगै सार्वजनिक यातायातमा यात्रुको चाप कम भएको छ। लामो तथा मध्यम दूरीका सवारीसाधनलाई रुट परमिट खुला गरिएपछि स्थानीय रुटमा चल्ने कतिपय सवारीसाधनसमेत रिजर्भमा यात्रु लिएर उपत्यकाबाहिर जान थालेका छन्।
सम्बन्धित खबर




प्रतिक्रिया