ADVERTISEMENT

पहाडी र हिमाली क्षेत्रमा बदली, हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौ ।  पश्चिमी वायुको आंशिक प्रभावका कारण देशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार पनि केही प्रदेशका हिमाली तथा पहाडी भू-भागमा बादल लाग्नेछ।

 

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ भने कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली क्षेत्रमा पनि बादल लाग्ने सम्भावना छ। देशभरका तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।

 

यस्तै, हिमाली क्षेत्रका साथै कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपात हुन सक्ने अनुमान गरिएको छ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार