काठमाडौ । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेर २ लाख ९० हजार २ सय रुपैयाँ पुगेको छ।
आइतबार सुनको मूल्य तोलामा ४ सय रुपैयाँले घटेर २ लाख ८९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो। गत शुक्रबार सुनको मूल्य प्रतितोला २ लाख ९० हजार १ सय रुपैयाँ थियो।
त्यस्तै, चाँदीको मूल्य पनि तोलामा ८५ रुपैयाँले बढेर ४ हजार १ सय ८५ रुपैयाँ पुगेको छ। आइतबार चाँदीको मूल्य तोलामा ५० रुपैयाँले घटेको थियो भने गत शुक्रबार ४ हजार १ सय ५० रुपैयाँमा कारोबार भएको थियो।
सम्बन्धित खबर




प्रतिक्रिया