काठमाडौ । हर्मुज जलघाँटीमा समुद्री बारुदी सुरुङमा ठोक्किएपछि एक तेल ट्याङ्करमा आगलागी भएको इरानको रिभोलुसनरी गाड्र्सले जनाएको छ।
इरानी सरकारी सञ्चारमाध्यमका अनुसार ट्याङ्करको इन्जिन कक्षमा विस्फोट भएपछि आगलागी भएको हो।
गाड्र्सले ट्याङ्करले इरानको अनुमति नलिई निषेधित समुद्री मार्ग प्रयोग गरेको र आफ्नो नौसञ्चालन प्रणाली बन्द गरेको दाबी गरेको छ।
अमेरिका र इजरायलसँग युद्ध सुरु भएपछि इरानले हर्मुज जलघाँटीमा जहाजको आवागमनमा कडाइ गरेको छ। यसको जवाफमा अमेरिकाले इरानी तेल निर्यात रोक्ने उद्देश्यले नौसैनिक नाकाबन्दी लगाएको छ। यस घटनाले विश्वको प्रमुख ऊर्जा आपूर्ति मार्गमा तनाव थप बढाएको छ।
सम्बन्धित खबर




प्रतिक्रिया